काठमाडौं । टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्न भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल सोमबार सिङ्गापुरसँग हुने भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कप खेल्न पाउने छन् ।
