• Thursday 8th of October 2026

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण प्रयोजन विहीन: कमल थापा


  • धनकुटा खबर
  • .

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको बताएका छन्।

चार दिने नेपाल भ्रमणको क्रममा गए राति १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहीन’ भएको टिप्पणी गरेका हुन्। उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेकाे जनाएका छन्।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास-इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ। ‘इजरायल-गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’

आज प्रधानमन्त्री प्रचन्डले उनको सम्मानमा सोल्टी होटलमा दिने रात्रि भोजमा आमन्त्रित थापा सहभागी नहुने समेत स्रोतले जनाएको छ। सङ्क्रमणकालीन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अबस्थामा यस्तो कार्यमा थापाको बिमति रहेको बुझिएको छ।

चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖