• Thursday 8th of October 2026

संसद बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


  • धनकुटा खबर
  • .

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।

आजकाे बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

यस्तै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बिमस्टेक बडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖