पर्यटन मन्त्री सुदन किरातीले भालुको अक्रमणबाट गम्भीर घाइते अमृत राईलाई भेटेका छन् । भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाइते भएका थिए । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिए। डाक्टरले उनको शल्यक्रिया गरेको थियो ।
आज मन्त्री किरातीले उनलाई अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरेका छन् । किरातीले अस्पतालमा राईको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै प्रतिष्ठानको समसामयिक समस्याबारेमा सम्बद्ध अधिकारीसँग छलफल गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भालु आक्रमणमा परि गम्भीर घाइते भोजपुर खार्ताम्छा निवासी अमृत राईलाई भेटियो, उनको स्वास्थ्य स्थिति बुझियो । हस्पिटलको समसामयिक समस्या माथि मुख्य पदाधिकारीहरूसँग छलफल पनि भयो।’
