• Thursday 8th of October 2026

प्रतिनिधि सभाको बैठक : दुईवटा विधेयक पेश


  • धनकुटा खबर
  • .

काठमाडाैं। प्रतिनिधि सभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ।

आइतबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गरे।

यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेकाे विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖