• Tuesday 6th of October 2026

भारतले इङ्ल्यान्डको ४ विकेट झार्यो


  • धनकुटा खबर
  • .

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डको ४ विकेट लिन सफल भएको छ । २३० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले ९ दशमलब १ ओभरमा ३९ रन बनाउँदा ४ विकेट गुमाई सकेको छ । इग्ल्याण्डका जॉनी बेयरस्टो १४ रनमा ,डाविड मलान तथा जो रूट र बेन स्टोक्स सुन्य सुन्य रनमा आउट भए। भारतका जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए । ताजास्थीतीमा इग्ल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ।

यस इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो ।

भारतका लागि सबै भन्दा वढि कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्कासंगै ८७ रन बनाए। सुर्य कुमार यादवले ४७ बलमा ४ चौका र १ छक्कासंगै ४९ रन बनाए । त्यसैगरी के।एल। राहुलले ५८ बलमा ३ चौकासंगै ३९ रनको योगदान दिए। भारतका विराट कोहली ० रनमा ,शुभमन गिल ९ रनमा,रवींद्र जाडेजा ८ रनमा , मोहम्मद शमी १ रनमा, जसप्रीत बुमराह १६ रनमा, तथा श्रेयस अय्यर ४ रनमा आउट भए।

कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका डेविड विली तीन विकेट र क्रिस वोक्स र आदिल रशीदले दुई दुई लिए । त्यसैगरी मार्क वुडले एक विकेट लिए ।

हालसम्म ५ खेल खेलेको भारतले ५ वटैमा जित हात पारेर अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ। तर, जोश बटलरको समान ५ खेल खेलेको इङ्ल्यान्ड १ खेलमा मात्रै जित हात पारेर अङ्क तालिकाको पुछारमा रहेको छ।

विश्वकपको इतिहासमा भारत र इङ्ल्यान्डबीच ८ वटा म्याच भएको छ। जसमा भारतले मात्रै ३ खेलमा जित हात पारेको छ भने इङ्ल्यान्डले ४ खेल जितेको छ। विश्वकपमा भारतले पछिल्लो समय २००३ मा इङ्ल्यान्डलाई पराजित गरेको थियो। २०११ को विश्वकप क्रिकेटमा दुबै टिमबीचको म्याच टाइ भएको थियो। जबकि २०१९ मा भारत इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖