काठमाडौं । नेपाली चलचित्र ‘दिमाग खराब’ र नेपाल क्रिकेट संघ क्यानबीच सहकार्य हुने भएको छ ।
यससम्बन्धी सम्झौतामा आज आइतबार हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ‘दिमाग खराब’ले भोलि सोमबारदेखि सुरु हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने छ ।
यस्तै ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ ।
यस्तै नेपाली चलचित्र ‘दिमाग खराब’ले कमाएको नाफाको ५ प्रतिशत रकम क्यानलाई उपलब्ध गराउने छ ।
टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।
