• Thursday 8th of October 2026

प्रचण्ड शान्तिप्रक्रियामा इमानदार छैनन् भन्नु ओलीकाे फत्तुर मात्र हाे : शाही


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिकाे पक्षमा नरहेकाे भन्ने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे आराेप फत्तुर मात्र भएकाे बताएका छन् ।

‘माओवादी शान्ति चाहँदैन, हिंसाकाे पक्षमा छ भन्ने आधार के छ ? संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका आधारमा टिप्पणी गर्ने कि माओवादी नेतृत्वमाथि पूर्वाग्रह साँध्ने ? जनयुद्धकाे मूल्यांकन कुनै व्यक्तिले हाेइन, इतिहासले गर्छ । ओलीकाे फत्तुरकाे पछि लाग्नु आवश्यक छैन,´ नेपाली रेडियाे नेटवर्ककाे नेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

संसद्मा प्रस्तुत विधेयकमा कतै पनि गम्भीर र जघन्य अपराधका पीडकलाई उम्काउने कुरा नलेखिएकाे उनकाे जिकिर छ । साथै उनले नेपालकाे शान्तिप्रक्रिया टुंगाेमा पुर्‍याउन संयुक्त राष्ट्रसंघकाे सहजीकरण महत्त्वपूर्ण हुने औल्याए। उनले भने,‘माओेवादी सत्तामा भएकाले आशंका गर्ने ठाउँ हुन सक्छ । संयुक्त राष्ट्रसंघकाे सहजीकरण भएमा निष्पक्षता हुन्छ र प्रश्न उठ्दैनन् भन्ने कुरा हाे । उसले हिजाे पनि नेपालकाे शान्तिप्रक्रियामा सघाएकै हाे ।´

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖