• Tuesday 6th of October 2026

दीपेन्द्रसिंह ऐरी घाइते


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्।

उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका छन्। उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जनाएको छ।

उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए।

उच्च लयमा रहेको बेलमा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖