• Thursday 8th of October 2026

ओरालो लाग्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।
आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖