• Thursday 8th of October 2026

अध्यक्ष ओली – २०८४ को चुनावमा एमालेले एकलौटी जित्छ


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा एकलौटी जित्ने दाबी गरेका छन् । उनले पार्टीले तोकेको मिसन २०८४ पुरा गर्न जोड दिएर लाग्न आग्रह गरे ।

‘८४ मा एमालेले एकलौटी गर्छ । जनताको मन जितेर एमालेका प्रतिनिधिलाई अत्यधिक मतले जिताउँछन्,’ उनले भने, ‘बुथ कब्जा गरेर होइन, अनुशासित भएर जित्छौँ, जिताउँछौँ ।’

एमाले गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई शपथ गराउँदै उनले एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी कमजोर हुनसक्ने बताए । ‘तपाईंहरु प्यानल बनाएर चुनाव लड्नुभयो । केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भो, त्यहाँ डेमोक्रेसी नभएको होइन । यो बिचारहरू बीचको प्रतिस्पर्धा होइन,’ उनले भने,‘तपाईंहरुको प्रतिशपर्धामा जुन स्वच्छता चाहिएको थियो, त्यो पूरा भएन ।’

उनले एकतामा जोड दिन आग्रह गरे । ‘मान्छेको दिमागमा घमण्ड पस्यो भने अरु केही पस्नै दिँदैन । मन्छेको पतन अहंकारबाटै हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖