• Thursday 8th of October 2026

काठमाडौं महानगर प्रमुखको मर्यादाक्रम घटाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ ।

विधेयकमा क्रमशः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र चौथो नम्बरमा प्रधानन्यायाधीशको मर्यादा क्रम राखिएको छ । प्रधानन्यायाधीशको पर्यादा क्रममा पाँचौं नम्बरमा पुर्याउन खोजिएपनि विरोध भएपछि चौथो नम्बरमै राखिएको छ ।

उक्त विधेयकमा काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम सात तह घटुवा गरिएको छ । यसअघि १०औं स्थानमा रहेको काठमाडौं महानगर प्रमुखको मर्यादाक्रम समितिबाट पारित विधेयकमा भने १७औं नम्बरमा रहेको छ ।

विधेयकको १७औं नम्बरमा उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुखसँगै महानगरपालिका प्रमुखको पनि मर्यादाक्रम समेटिएको छ ।

साथै, १७औं नम्बरमै नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्यको मर्यादाक्रम समावेश छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖