• Thursday 8th of October 2026

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार पाँच सय रुपैयाँले सुनको भाउ सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । शनिबार र आइतबार सर्वाधिक उच्च बिन्दुमा पुगेको सुनको भाउ सोमबारदेखि घट्न थालेको थियो ।

नेपाली बजारमा सुनको भाउ दसैँ नजिकिँदै गर्दा उक्लिएको थियो ।

सुनको भाउ घटेपनि मंगलबार चाँदीको भाउ भने बढेको छ । मंगलबार प्रतितोला १० रुपैयाँले बढ्दै चाँदीको भाउ एक हजार चार सय १० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖