• Thursday 8th of October 2026

कतारमा ८ भारतीय पूर्व जलसैनिकलाई फाँसी, भारतका जलसेना प्रमुखले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । कतारमा पक्राउ परेका भारतीय नौसेनाका आठ सेवानिवृत्त अधिकारीलाई हालै मृत्युदण्डको सजाय सुनाइएको छ । भारतीय नौसेना प्रमुख एडमिरल आर हरि कुमारले यस विषयमा प्रतिक्रिया दिएका छन्।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले आफ्ना नागरिकलाई राहत मिलोस् भनेर सरकारले कानुनी प्रक्रिया अपनाउन हरसम्भव प्रयास गरिरहेको बताए ।

यी आठ सेवानिवृत्त भारतीय नौसेना अधिकारीहरू गत वर्ष सेप्टेम्बरदेखि कतारको जेलमा छन्। कतारले भने उनीहरूमाथि लागेको आरोप सार्वजनिक गरेको छैन ।

सोमबार विदेशमन्त्री एस जयशंकरले आठजना भारतीय नागरिकका परिवारलाई भेटे।

उनले यो विषयलाई भारत सरकारले अत्यन्तै महत्वका साथ हेरिरहेको र यस दुःखद घडीमा सरकार परिवारको साथमा रहेको बताए ।

जयशंकरले भने, “यी नागरिकको सुरक्षित रिहाइका लागि सरकारले प्रयास जारी राख्नेछ। यस विषयमा हामी परिवारसँग सम्पर्क राख्नेछौं।”

सेप्टेम्बर २०२२ मा, कतार सरकारले ८ पूर्व भारतीय मरीनलाई पक्राउ गरेको थियो। मार्चमा उनीहरूविरुद्ध जासुसीको आरोप लगाइएको थियो।

पक्राउ परेका आठ जना भारतीय नागरिक पूर्व नौसेना अधिकृत हुन् र कतारको जाहिरा अल अलामी नामक कम्पनीमा काम गर्थे ।

यो कम्पनीले कतार नौसेनाका लागि पनडुब्बी कार्यक्रममा काम गरिरहेको थियो । यस कार्यक्रमको उद्देश्य राडारबाट बच्न सक्ने उच्च प्रविधियुक्त इटालियन प्रविधिमा आधारित पनडुब्बीहरू प्राप्त गर्नु थियो।

कम्पनीमा ७५ भारतीय नागरिक कर्मचारी थिए । तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्व अधिकारी थिए। मे महिनामा कम्पनीले मे ३१, २०२२ देखि कम्पनी बन्द गर्ने बताएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖