• Thursday 8th of October 2026

ओलीले गरे च्यासलमा चियापानको निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।

एमालेले भोलि दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ ।

फेसबुकमा आफू र २ कप चियाको तस्बिर राखेर उनले लेखेका छन्, ‘भोलि दिउँसो च्यासलमा सबैलाई निम्तो ।’

भोलि दिउँसो साढे १२ बजे पार्टी कार्यालय च्यासलमा एमालेले चियापना कार्यक्रम राखेको छ । कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖