• Tuesday 6th of October 2026

५७ रन जोडेपछि मलेसियाले गुमायो पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले शानदार सुरुवात गरेको छ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर ६० रन जोडेको छ। जुबैदी जुल्कीफल २४ रन जोडेर आउट भए।

मलेसियाले ५७ रन जोड्दा अविनाश बोहराले जुल्कीफललाई आउट गरेका हुन्।

सेयद अजिज २३ रनमा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖