काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले शानदार सुरुवात गरेको छ।
नेपालले ५ ओभरमा विकेट नगुमाई ४९ रन जोडेको छ। कुशल भुर्तेल ४३ रनमा खेल्दैछन्। उनले २३ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका छन्। भुर्तेलले पछिल्ला लगातार दुई खेलमा अर्धशतक बनाएका थिए।
