काठमाडौं, १४ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त रिट आज सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
उक्त रिटमा सुनुवाइ नसकिएपछि आज हेर्दाहेर्दैमा राखिएको हो । उक्त रिटमा पीडितको पक्षबाट बालकृष्ण नेउपाने, यज्ञनिधि न्यौपाने लगायतले बहस गरेका थिए ।
