• Tuesday 6th of October 2026

पाकिस्तानी बलर साहिन शाह अफरिदीले बनाए विश्व कीर्तिमान


  • धनकुटा खबर
  • .

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानी बलर साहिन शाह अफरिदीले विश्व कीर्तिमान बनाएका छन् । उनले मंगलबार खेलिएको बंगलादेशविरुद्धको खेलमा एक सय विकेट पुरा गरे ।

२३ वर्षीय अफरिदी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने तिब्रगतिका बलर बनेका छन् । उनले ५१ खेलमा एक सय विकेट लिएका हुन् । उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।

अफरिदीले बंगलादेशी ब्याट्सम्यान तनजिद हसनलाई आउट गराउँदै एकदिवसीय क्रिकेटमा एक सय विकेटको कीर्तिमान बनाएका हुन् । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तनजिदलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

त्यसपछि उनले बंगलादेशका तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोको विकेट पनि लिएका थिए । नजमुल होसैनलाई उनले चार रनको ब्यक्तिग स्कोरमा उसमा मिरद्वारा क्याच गराएका थिए । एकदिवसीय क्रिकेटमा यो उनको १०१औँ विकेट थियो । पाकिस्तान र बंगलादेशबिचको खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖