• Tuesday 6th of October 2026

सन् २०३४ फिफा विश्वकप साउदी अरेबियाले आयोजना गर्ने


  • धनकुटा खबर
  • .

अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न दाबी नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ।

मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा केही घण्टाअघि मात्र फुटबल अस्ट्रेलियाले आफ्नो निर्णय सार्वजनिक गरेको हो।
साउदी अरेबिया आयोजनाको दाबी अर्को राष्ट्र हो।

‘हामी २०३४ प्रतियोगिताको लागि दाबी नगर्ने निष्कर्षमा पुगेका छौं,’ फुटबल अस्ट्रेलियाको एक विज्ञप्तिमा भनिएको छ।

फुटबल अस्ट्रेलियाले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।
२०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा गरी ६ देशमा हुनेछन्।

फिफाले २०३४ को विश्वकप एसिया वा ओशिनियामा हुने बताएको थियो। अस्ट्रेलियाको दाबीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖