• Thursday 8th of October 2026

विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौं


  • धनकुटा खबर
  • .

काठमाडौ । विश्वका ५५ सिर्जनशील सहरमा नेपालको काठमाडौं परेको छ।
विश्व सहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरको सूचीमा राखेको हो।

युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौं फिल्मको सहरको सूचीमा छनोट भएको हो।

युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत।

यी सबै क्षेत्रलाई लिएर युनेस्कोले केही समयअघि काठमाडौंमा कार्यशाला पनि गरेको थियो। सोहीअन्तर्गत काठमाडौं फिल्मको सूचीमा छनोट भएको छ।

फिल्मकै सूचीमा नाइजेरियाको असाबा, अर्जेन्टिनाको भिसेन्ट लोपेज, मोरोक्कोको वरजाजात र ब्राजिलको पेनेडो सहर परेका छन्।
युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत नेपालले विश्वका अन्य देशका तोकिएका सदस्यसँग सहकार्य गर्दै जलवायू परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरण जस्ता विषयमा काम गर्नेछन्।

यो संजालले संस्कृतिमा पहुँच बढाउने र विकासको लागि रचनात्मकताको शक्ति बढाउने काममा नेतृत्व गरिरहेको युनेस्कोका महानिर्देशक अड्रे अजौले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖