• Thursday 8th of October 2026

प्रधानमन्त्री प्रचण्डसहित अहिलेसम्म एमालेको चियापानमा को-को पुगे ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसवर्ष पनि बडा दशैं, तिहार, छठ तथा नेपाल संवतको अवसर पारेर आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धाराआयोजित कार्यक्रम पार्टी मुख्यालय च्यासलमा जारी रहेको छ ।

चियापान कार्यक्रममा हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल, बाबुराम भट्टराई ,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व सभामसख अग्नि सापकोटा, पूर्वमन्त्रीहरु रामकुमारी झाँक्री, पम्फा भुसाललगायतका नेताहरु च्यासल पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖