• Thursday 8th of October 2026

अष्टलक्ष्मीको अँगालोमा मस्त झाँक्री


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री च्यासल पुगेकी छन्। एमालेको चियापान कार्यक्रममा सहभागी हुनको लागि झाँक्री च्यासल पुगेकी हुन्।

झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । उनले ओलीलाई पुष्पगुच्छा दिएकी छन् । यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अंगालाेमा बाँधिएकी थिइन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रम अहिले जारी छ।

झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। पार्टी नेतृत्वदेखि रुष्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चा चलेको थियो।

एमालेले चाडपर्वको अवसरमा गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल गएनन्।

एमालेको निम्तो मान्नका लागि सम्मानित नेता झलनाथ खनाल पुगेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖