• Tuesday 6th of October 2026

विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख पुरस्कार दिने नोबेल मेडिकल कलेजको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित कलेजले उक्त घोषणा गरेको हो । नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ।

अर्ना बियर र डिस होमपछि मेडिकल कलेजले पुरस्कार घोषणा गरेको हो । नोबेल मेडिकल कलेजले जारी छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने पनि जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖