प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच कुराकानी भएको छ ।
नेकपा एमालेले बुधवार आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्ड र रविबीच कुराकानी भएको हो ।
एमाले पार्टी कार्यालय च्यासलमा प्रचण्ड र रवि एकै समय उपस्थित भएका थिए । त्यसक्रममा उनीहरूबीच कुराकानी भएको हो ।
प्रचण्ड सरकारमा उपप्रधान एवं गृहमन्त्रीसहित सहभागी भएका रविको सांसद पद गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् । तर, रास्वपाले सरकारमा सहभागी नहुने बताएको छ ।
