• Thursday 8th of October 2026

अचम्मको दृश्य : रविदेखि विप्लवसम्म एउटै राउण्ड टेबलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका छन् ।

चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका शीर्ष नेताहरु एउटै राउण्ड टेबलमा देखिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖