• Thursday 8th of October 2026

भोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ ।

यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । अनलाइन खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖