• Thursday 8th of October 2026

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुुष्टि भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विपिनको उद्धारका लागि कतार सरकारसँग समन्वय गर्न उनले सभामुख मार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकार्षण गराए ।

‘नेपाली विद्यार्थी विपिन जोशी हामसको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएको छ । यो प्रक्रिामा गम्भीर पहल गर्न म सभामुख मार्फत सम्माननीय प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीको ध्यानाकार्षण गराउँछु्,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖