• Thursday 8th of October 2026

‘शून्य समयमा’कांग्रेस सांसद सञ्जय गौतम ठिङ्ग उभिइरहे, सांसदहरूले टेबल ठोके


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् ।

मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे ।

सांसद गौतम मौन उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए । उनको एक मिनेटको समय सकिएपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद गौतमले किन शून्य समयमा आफू मौन उभिएको भन्नेबारे खुलाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖