• Tuesday 6th of October 2026

ओमानविरुद्धको खेलबाट अर्नाको पुरस्कार ७ लाख ९१ हजार, सबभन्दा धेरै यादवलाई १ लाख ३९ हजार


  • धनकुटा खबर
  • .

काठामाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा अर्ना बियरले घोषणा गरेको पुरस्कारअनुसार ओमानविरुद्धको तेस्रो खेलबाट खेलबाट विवेक यादवले सबभन्दा धेरै १ लाख लाख ३९ हजार रुपैयाँ पाउने भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४० रनमा समेटियो ।

डेढ महिनाअघि नेपालले एसिया कप खेल्दा भारतविरुद्धको खेलमा प्रदर्शनका आधारमा खेलाडीलाई झण्डै आठ लाख रुपैयाँ पुरस्कृत गरेको अर्ना बियरले यसपाली पनि प्रतियोगिताअघि नै पुरस्कारको घोषणा गरेको थियो ।

अर्नाले जारी प्रतियोगिताका प्रत्येक खेलमा ब्याटरलाई प्रतिरनको एक हजार, प्रत्येक चौकाको १० हजार, प्रत्येक छक्काको २० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

यसैगरी बलिङमा प्रत्येक डट बलका लागि एक हजार, एक मेडन ओभर फाल्नेलाई १० हजार तथा प्रत्येक विकेट,क्याच र स्ट्याम्पिङको २५ हजार तथा रन आउटको २५ हजार ( दुई जना मिलेर गरेमा समान १२ हजार ५ सय) रुपैयाँका दरले पुरस्कार दिने बताएको थियो ।

यसअघि अर्नाले सिंगापुरविरुद्धको पहिलो खेलबाट ६ लाख ६४ हजार तथा मलेसियाविरुद्धको खेलबाट ८ लाख ४४ हजार रुपैयाँ दिनुपरेको थियो ।

त्यसअनुसार तेस्रो खेलबाट अर्नाले राष्ट्रिय टोलीका ११ खेलाडीलाई कुल सात लाख ९१ हजार रुपैयाँ पुरस्कार दिनुपर्ने भएको छ ।

त्यसअनुसार पाँच छक्कासहित सबैभन्दा धेरै ३९ रन बनाएका यादवले सर्वाधिक १ लाख ३९ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी तीन छक्का र एक चौकासहित सहित २६ रन बनाएका कुशल भुर्तेलले ९६ हजार, एक चौकासहित पाँच रन बनाउँदै दुई क्याच लिएका आफि शेखले ६५ हजार, १२ रन बनाउनुका साथ एक क्याच लिएका कप्तान रोहितकुमार पौडेलले ३७ हजार, एक छक्कासहित १२ रन बनाएका सन्दीप जोराले ३२ हजार र १० रन बनाएका कुशल मल्लले १० हजार प्राप्त गरे ।

बलिङतर्फ ११ डटबल,एक क्याचसहित दुई विकेट लिएका सोमपाल कामीले सर्वाधिक १ लाख २८ हजार रुपैयाँ प्राप्त गरे । उनले ब्याटिङतर्फ सममन एक चौका र छक्काको मद्दतले १२ रन पनि बनाएका थिए ।

यसैगरी गरी ६ डटबल फाल्दै तीन विकेट लिनुका साथै एक चौका र छक्काको मद्दतले १५ रन बनाएका करण केसीले १ लाख २६ हजार, १२ डटबल, एक क्याचसहित दुई विकेट लिँदै दुई रन बनाएका सन्दीप लामिछानलेले ८९ हजार, १० डटबलसहित १ विकेट लिँदै तीन रन बनाएका गुल्शन झाले ३८ हजार र पाँच डटबल फाल्दै एक विकेट लिनुका साथै एक रन बनाएका अविनाश बोहराले ३१ हजार रुपौयाँ पाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖