• Tuesday 6th of October 2026

विश्वकप यात्राको लागि आज जित्नै पर्ने दबाबमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖