• Tuesday 6th of October 2026

विश्वकपमा पुग्न मुलपानी क्रिकेट मैदानमा निर्णायक खेल खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज (शुक्रबार) युएईको सामना गर्दैछ ।मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको खेल जित्ने टोलीले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने आईसीसी टि २० विश्वकपमा स्थान बनाउने छ । घरेलु समर्थकको साथमा युएईविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आजको खेल जित्दै ९ वर्षपछि पुनः विश्वकपका पुग्ने दाउमा हुनेछ ।

यसअघि सन् २०१४ को विश्वकप खेलेको नेपाल त्यसपअछि पहिलो पटक विश्वकपको संघारमा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖