• Tuesday 6th of October 2026

दश वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ।

आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो। ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो।

आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे। यसअघि गुलशन झा २२ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल ११ रन बनाएर आउट भए।

यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए। पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे।नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

नेपालले फाइनल खेल अब पुन ओमानसँग खेल्नेछ। आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुने तालिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖