• Tuesday 6th of October 2026

विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले ढोगे मूलपानी मैदान


  • धनकुटा खबर
  • .

काठमाडौं । युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे ।

युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअ३ि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।

विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।-बिकास श्रेष्ठ/अनलाइनखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖