• Tuesday 6th of October 2026

‘भगवानलाई धन्यवाद, विश्वकप खेल्न पाउँ भनेर बिहान उठ्ने बित्तिकै प्रे गरेको थिएँ’:रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ कार्तिक । आइसीसी-टी २० विश्वकप क्रिकेट छनोटको क्वालिफायर खेलमा यूएईलाई पाखा लगाउँदै नेपालले आगामी वर्ष हुने विश्वकप टी-२० क्रिकेटमा आफ्नो स्थान पक्का गरेको छ ।

शुक्रबार मूलपानी मैदानमा भएको खेलमा यूएईविरुद्ध ८ विकेटको शानदार जित हात पार्दै नेपाल एक दशकपछि पुनः विश्वकपका लागि छनोट भएको हो । यूएईले दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले खेल सकिन १७ बल बाँकी रहँदा केवल २ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई विश्वकपमा पुर्याएपछि कप्तान रोहितकुमार पौडेलले आफूहरुको एउट सपनाले साकार रुप लिएको प्रतिक्रिया दिएका छन् ।

यूएईविरुद्धको खेलमा जित हासिँल गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले भने ‘एकदमै लक्कि फिल गरिरहेको छु। दुईजनाभन्दा बाहेक सबै सन् २०१४ को विश्वकप हेरेर क्रिकेट खेल्न सुरु गरे,’ उनले भने, ‘त्यहाँबाट सुरु गरेर म आफू पनि वल्र्डकप खेल्न पाउँदा एकदमै लक्की फिल गरिरहेको छु।’

उनले नेपालले विश्वकपमा स्थान पक्का गरेस् भानेर आज बिहानै भगवानसँग कामना गरेकोसमेत बताए । ‘भगवान्‌लाई धन्यवाद। बिहान उठ्ने बित्तिकै मैले नेपालले विश्वकप खेल्न पाउँ भनेर प्रे गरेको थिएँ। मैले भगवान्‌लाई धन्यवाद भनेँ,’ उनले भने।

१३५ रन पूरा गर्नेक्रममा आसिफले सर्वाधिक ६४ र कप्तान रोहितले ३४ रन बनाएका थिए । नटआउट रहँदै । आसिफले ६ चौका र १ छक्का हिर्काउँदा पौडेलले २ चौका र २ छक्का हिर्काएका थिए । ओपनर कुशल भूर्तेल ११ तथा गुल्सन झा २२ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖