• Tuesday 6th of October 2026

आज फाइनलमा नेपाल र ओमान भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज आइतबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि ‘ए’समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो ।

फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖