• Tuesday 6th of October 2026

केनको ह्याट्रिक


  • धनकुटा खबर
  • .

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले बायर्न म्युनिखमा आफ्नो उत्कृष्ट सुरुवात कायम राख्दै चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डविरुद्ध ह्याट्रिक गर्न सफल भएका छन् । लगातार १२ औँ लिग उपाधि पछ्याइरहेको बायर्नले शनिबार ४–० को शानदार जीत हासिल गरेको हो ।

टोलीले खेलको सुरुवातमा नै दुई गोलको अग्रता लिएको थियो । चौथो मिनेटमा डायोट उपामेकानोले बायर्नलाई अग्रता दिलाए भने नवौँ मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।दोस्रो हाफको ७२ औँ मिनेटमा उनले टोलीका लागि तेस्रो गोल गरे भने इन्जुरी समयमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । खेलमा लिरोय सानेले दुईवटा गोलको अवसर सिर्जना गरे ।

टोटनह्यामका पूर्वस्ट्राइकरले यो सिजन बायर्न आएपछि १० लिग खेलमा रेकर्ड १५ गोल गरेका छन् । गत हप्ता डार्मस्टाडविरुद्ध ह्याट्रिक गरेका उनको लगातार दोस्रो ह्याट्रिक हो ।

१० खेलपछि बायर्नको २६ अङ्क रहेको छ । टोली हाल लिगको दोस्रो स्थानमा रहेको छ । शनिबार नै होफेनहाइमलाई ३–२ गोलले हराएको बायर लेभरक्युजन समान खेलबाट २८ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ । डर्टमण्ड भने २१ अङ्कसहित चौथो स्थानमा सीमित छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖