• Tuesday 6th of October 2026

भूकम्पको क्षतिको शोकमा त्रिवि मैदानमा मौनधारण र खेलाडीको पाखुरामा कालो पट्टी


  • धनकुटा खबर
  • .

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार गएको भूकम्पले पुर्‍याएको क्षति र ज्यान गुमाउनेहरूको सम्झनामा त्रिवि क्रिकेट मैदानमा मौनधारण गरिएको छ।
टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमान बीचको खेल सुरू हुनुपूर्व त्रिवि मैदानमा एक खेलाडी र दर्शकहरूले एक मिनेट मौनधारण गरेका हुन्।

भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली खेलाडीले पाखुरामा कालो पट्टी बाँधेर खेलेका छन्।
नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पाखुरामा कालो पट्टी बाँधेका छन्।

नेपाल र ओमानबीचको फाइनल खेल हेर्न त्रिवि मैदाना ठूलो संख्यामा दर्शकहरूको उपस्थिति छ।

टस जितेको नेपालले ओमानविरूद्ध ब्याटिङ गरिरहेको छ।

आजको खेलको टिकट बिक्रीबाट उठेको रकमको पचास प्रतिशत जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहतस्वरूप प्रदान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै घोषणा गरेको थियो।
शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖