• Friday 9th of October 2026

जाजरकोटको रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो १२ः३१ बजे जाजरकोट रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प गएको जानकारी दिएको छ।

केन्द्रका अनुसार साना ठूला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प गएको जनाएको थियो।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा परकम्पका ठुला झडकाहरु गएका थिए। केन्द्र«का अनुसार शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖