• Tuesday 6th of October 2026

नेपालसँग खेल्ने यूएईको टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र बहराइनसँग खेल्नका लागि सयुंक्त अरब इमिरेट्सले (यूएई) ले टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पाउलो बेन्टोले नेपाल र बहराइनसँगको सुरुवाती दुई खेल खेल्नका लागि २८ खेलाडीको नाम सार्वजनिक गरेको युएई फुटबल संघले जनाएको छ ।

जुलाईमा मुख्य प्रशिक्षक भनेका पोर्चुगिज कोच बेन्टोले नेपालसँगको खेलबाटै प्रतिस्पर्धात्मक यात्रा सुरु गर्नेछन् ।

यसअघि बेन्टो दक्षिण कोरियाका प्रशिक्षक थिए तर २०२२ डिसेम्बरमा भएको कतार विश्वकपपछि उनले टिम छाडेका थिए ।

एसिया छनोटको दोस्रो चरणमा नेपाल युएई बहराइन र यमन समूह एचमा छन् ।

नेपालले नोभेम्बर १६ (३० कात्तिक) मा युएईसँग उसैको मैदानमा खेल्दै छनोट यात्रा सुरु गर्नेछ भने नोभेम्बर २१ (५ मंसिर) मा घरेलु मैदानमा यमनसँग खेल्नेछ । युएईले दोस्रो खेल ५ मंसिरमा बहराइनसँग खेल्नेछ ।

नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

यूएइको टोली

खालिद ईसा, अली खसिफ, मोहम्मद अल शम्सी, हसन हम्जा, खालिद अल हश्मी, खालिफा अल हम्मादी, मोहम्मदे अल अत्तास, ओमानर हुसेन हाइकाल, अहमेद जमिल, खालिद अल धान्हानी, जायद सुल्तान, अब्दुल रहमान सालेह, अब्दुल्लाह इद्रिस, अली सल्मिन, याहिख नादीर, मोहमेमद अब्बास, हाजिम मोहमेमद, माजिद रासिद, अब्दुल्लाह रमादान, ताहनुन अल्जाबी, याहया अल-धास्सानी, हरिब अब्दुल्ला, फाबियो डे लिमा, अली सालेह, अली मब्खोउत, सुल्तान अबेल, इस्सा खाल्फान, काइयो कानेडो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖