• Tuesday 6th of October 2026

सुपर ओभरको जिम्मा सन्दीपलाई दिएको भए फरक हुन सक्थ्यो अवस्था, जित्न सक्थ्यो नेपाल !


  • धनकुटा खबर
  • .

काठमाडौँ – आइतबार आइसिसी टि२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानको सामना गर्यो। आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमान आमने-सामने भएका हुन्।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। अन्तिम एक ओभर बाँकि रहेको अवस्थामा ओमानले १ सय ७७ रन बनाएको थियो।

अन्तिम ओभरमा ओमानलाई मात्रै ८ रन चाहिएको थियो। तर नेपालक स्टार स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा ओमान १ सय ८४ रनमै रोकियो।

यससंगै नेपाल र ओमान बीचको खेल सुपरओभरमा पुग्यो। सुपर ओभर मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भयो।

टवान्टी–२० को उत्कृष्ट बलर मानिएका अविनाश बोहोराले खराब बलिङ गरेपछि नेपालले सुपरओभरमा २२ रनको चुनौतीपूर्ण लक्ष्य पायो। उनले ३ फुलटस बलिङ गर्दा ओमानले ३ छक्काको अवसर प्राप्त गर्यो।

डेथओभर विशेषज्ञ मानिने अविनाश उत्कृष्ट बलर भएपनि सुपर ओभरमा नर्भस हुन पुगे। जस कारण उनले राम्रो बलिङ गर्न सकेनन्। यति बेला सुपर ओभरमा अविनाश भन्दा पनि सन्दीप लामिछानेलाई पठाएको भए राम्रो हन्थ्यो भन्ने टिप्पणी भइरहेको छ। धेरैले अन्तिम ओभर राम्रो गरेका सन्दीप लामिछानेले सुपर ओभरम पनि बलिङ गरेको भए नतिजा केहि फरक हुन सक्थ्यो भन्ने टिप्पणी भइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖