• Friday 9th of October 2026

१५ जनाको ‘जम्बो’ टोली लिएर माधव नेपाल भोलि चीन जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता मंगलबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् ।

सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेको जानकारी दिए ।

दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । बैठकबाट भ्रमण सफलताको शुभकामना दिइएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖