• Friday 9th of October 2026

एमबीबीएसको तयारी गरिरहेकी दिदिबहिनी भुकम्पमा पुरिए..


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफैँ, जेठी छोरी र श्रीमती पनि घाइते छन् । सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताए ।

सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् । सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा प्लस टु सकेर एमबीबीएसको तयारी गर्दै थिइन् । उनीहरूसँगै बितेकी २५ वर्षीया मेलिना इन्जिनियरिङ पढ्दै थिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

देउवा र खाँडका श्रीमती तानिने भएपछि शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी हटाइयो
काबुलबाट यूके गएका नेपालीहरूलाई निकाला गर्ने योजना के हुँदैछ ?
मुटुमा समस्या देखिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित उनी खलंगामा बस्दै आएका थिए । उनको परिवार बसेको घर भूकम्पमा भत्किँदा उनीहरू भग्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरूको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖