• Friday 9th of October 2026

टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी शान्ति बराल माओवादीबाट निष्कासित


  • धनकुटा खबर
  • .

रूपन्देही । नेकपा माओवादी केन्द्र रूपन्देहीले अनैतिक क्रियाकलाप गरेर चर्चामा आउने शान्ति बराललाई कारबाही गरेको छ ।

टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो । उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन् ।

माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन् ।

पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी थिइन् ।

पछिल्लोपटक उनले टिकटक लाइभका क्रममा वक्षस्थल देखाएको भिडिओ क्लिप भाइरल भएपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖