• Friday 9th of October 2026

प्रहरी पनि कांग्रेस, एमाले र माओवादीका मात्रै रहेछन् : व्यवसायी दुर्गा प्रसाईँ


  • धनकुटा खबर
  • .

काठमाडौं— व्यवसायी दुर्गा प्रसाईँले यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर जवाफ मागेपछि उनले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाएका हुन् ।

सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मलाई हिजोदेखि पुसिल देखेर पनि अचम्म लागेर आयो के । पुलिस पनि एमाले, कांग्रेस, मओवादी भनेपछि । अनि पत्रकार पनि देशको पत्रकार माओवादी, एमाले, कांग्रेस हुन्छ । ’

त्यस्तै उनले, कांग्रेस, एमाले र माओवादीको अराजकताविरुद्ध आन्दोलन सुरु गरेको उनको भनाई छ ।

‘यो आन्दोलनको मार्फतबाट आज हामीले विद्रोहको बिरुवा रोपेका छौ । अबको हुर्किन्छ, अघि बढ्छ । यो अघि बढ्दैछ । यी अपराधीहरूविरुद्ध आज हामीले अभियान सुरु गरेका छौ । आजको मितिदेखि लघुवित्त र सहकारीको पैसा तिर्ने काम नगर्नुस् किनभने नेताका भ्रष्ट गरेका पैसा सबै बैंकमा, लघुवित्त र सहकारीमा छन्,’ उनले भने ।

त्यस्तै उनले नेकपा एमालकै नेताहरूका कारण लघुवित्त डुबेको आरोप लगाए ।

एमालेको कडा आलोचना गरेका उनले भने, ‘किन आज मसँग एमाले खनिए भनेको त, लघुवित्तमा ९० प्रतिशत लगानी एमालेको । सै पनि एमाले मै पनि एमाले सहकारीमा पनि एमाले सामुदायिक वनमा पनि एमाले, बैंकमा पनि एमाले, लघुवित्तमा पनि एमाले, आईटीको त्यसको पार्टनरमा पनि एमाले, नेपालीलाई भुटानी बनाउँनेमा पनि एमाले अनि गज्जबको कुरा होइन् त अनि कस्तो एमाले हो ।’

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖