• Friday 9th of October 2026

जम्बो टोलीका साथ माधव नेपाल आज एक हप्ता लामो चीन भ्रमणमा जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदै छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहितको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।

१४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन्। टोली साँझ ५ बजे चीन जान लागेको छ। टोलीमा कृषिमन्त्री बेदुराम भुषाल पनि सहभागी छन्।

नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्नेछन्। नेपालको टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ।​

युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ। ​

युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन्। टोली कार्तिक २८ गते स्वदेश फर्किने छ।​

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖