• Friday 9th of October 2026

सुनको भाउ तोलामा चार सय रुपैयाँ सस्तियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖