• Tuesday 6th of October 2026

आजसम्म म साकिबलाई धेरै सम्मान गर्थें तर अब गर्न सक्दिनँ’ :म्याथ्युज


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । सोमबार भएको श्रीलंका र बंगलादेशबिचको खेलमा सबैभन्दा बढी चर्चा भएको थियो, श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युजको टाइम आउट ।

श्रीलंकाको इनिङ्समा २४.२ ओभरपछि एन्जेलो म्याथ्युज क्रिजमा आए । एन्जेलो म्याथ्युज क्रिजमा आएपछि निहुरेर क्रिजमा कोरिएको सेतो रेखा ढोगे र निधारमा हात राखे ।

त्यसपछि हेलमेटको पट्टा ताने। पट्टामा केही समस्या देखिएपछि उनी फर्किए। उनले आफ्नो हेलमेट फुकाले र पभेलियनतिर इशारा गरे। अर्को हेल्मेट अर्डर गरे ।

यसैबिच बंगलादेशका कप्तान शकिब अल हसनले मुस्कुराउँदै अम्पायरलाई टाइम आउटका लागि अपिल गरे । यहाँ म्याथ्युज आउट घोषित भए । यसैलाई लिएर म्याथ्युज बंगलादेशको टोली र शकिब हसनमाथि खनिए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आजसम्म म साकिब र बंगलादेशलाई धेरै सम्मान गर्थें तर अब गर्न सक्दिनँ । मैले समय बर्बाद गरेको थिइनँ । म क्रिजमा आएको सबैले देखे तर मेरो हेल्मेटको स्ट्र्याप भाँचियो ।

यो बिग्रेको सामानको मामला थियो। शकिब र बंगलादेशको यो कार्य लाजमर्दो थियो। यसरी क्रिकेट खेल्नु साँच्चै लाजमर्दो हो। मलाई लाग्दैन बंगलादेशबाहेक अरु कुनै टोलीले यस्तो गरेको होला।

मैले साकिबलाई अपील फिर्ता लिन पनि भनेको थिए तर उनले स्पष्ट रूपमा अस्वीकार गरे। हामीसँग भिडियो प्रमाण छ कि म समयमै क्रिजमा आएको थिएँ। मसँग पाँच सेकेन्ड बाँकी थियो। यदि यस पछि मेरो हेलमेटमा समस्या छ भने, म के गर्न सक्छु? यो खेलाडीको सुरक्षाको प्रश्न हो । स्पिनर भए पनि हेलमेट बिना कसरी खेल्ने ? जब विकेटकिपरले हेल्मेट नलगाई स्पिनरको विरूद्ध विकेटको नजिकै बसेनन्, तब म कसरी ब्याटिङ गर्थें ।’

शाकिब अल हसनले पनि यस विषयमा बयान दिएका छन् । उनले भने– ‘हाम्रो एक फिल्डर हामीकहाँ आए र मैले अपिल गरे एन्जेलो आउट हुनेछन् भने । यो नियम हो। मलाई थाहा छैन यो सही वा गलत हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖