• Friday 9th of October 2026

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का


  • धनकुटा खबर
  • .

काठमाडौं। कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रकृया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरु सन्चालन गर्न सकिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖