• Friday 9th of October 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितका लागि एक करोड सहयाेग


  • धनकुटा खबर
  • .

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयाेग गरेकाे छ । मंगलबार बैंकका कर्मचारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक कराेड रूपैयाँकाे चेक हस्तान्तरण गरेका थिए ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि वाणिज्य बैंकले प्रधानमन्त्री प्रचण्डलाई एक करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तर गरेकाे हाे ।

गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖